शिरमाथिको वनफूल पनि देउरालीमै झरिदियो साँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो । सुसाउने सल्लाले नि गीत गाउन छोडेको छ मेरो मनको नाइकेले बाटो अन्तै मोडेको छ आकाशको जूनफुल पनि कुन्नि कता सरिदियो साँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो । नजानिँदो गरी दुख्ने तीर मनमा गढेको छ डँढेलोमा परी मनका सारा खुसी डढेको छ श्रृङ्गारको सुनफूल पनि ओझेलमा परिदियो साँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो । सानेपा,ललितपुर






